काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वास मत लिने भएका छन् । प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन् ।
नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् । एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
गत असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गर्ने समझदारी गरेका थिए ।