काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान कायमै राखेका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि संकटमा परेका उनले राजीनामा दिने मन बनाएका छैनन् ।
संसदका दुई ठुला दल एकातिर भएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका थिए । संविधानले दिएको अधिकार प्रयोग गरी संसद्मा विश्वासको मत लिने तर राजीनामा नदिने अडान माओबादी पदाधिकारी बैठकले गरेको थियो ।
एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिइसकेका छन् । रास्वपाका मन्त्रीहरू राजीनामा बोकेर आज बिहान बालुवाटार पुगेपनि प्रधानमन्त्रीलाई साथ दिने भन्दै राजीनामा नबुझाइ फर्किएका छन् । रास्वपाले प्रधानमन्त्रीलाई संसदबाट विश्वासको मत लिन आग्रह गरेको छ ।