काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।
सोमबार राति भएको नेकपा एमाले र नेपाली कांग्रेसबीचको समझदारीपछि उत्पन्न राजनीतिक परिस्थितिबारे कुराकानी गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।
प्रचण्डले अहिले तत्काल राजीनामा नदिएर विश्वासको मत सामना गर्ने बताएका छन्।