काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन्।
बिहान ९ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रका विषयमा छलफल हुने बताइएको छ ।