काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्।
बुधबार धादिङको बेनिघाट रोराङमा कार्यकर्तासँगको भेटमा प्रचण्डले आगामी चुनावलाई पार्टीको मुख्य एजेन्डा बनाइ अघि बढ्ने बताए।
उनले भने, “अबको माओवादीको लाइन भनेको चुनाव हो। तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्छ।”
एमालेसँग एकताको सम्भावनाबारे प्रचण्डले भने, “केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।”












