काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । यही १६ साउनदेखि जारी बैठक आज चौथो दिन पनि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूले सोधेका प्रश्न तथा धारणाहरूको जवाफ दिँदै छन् । चार दिनदेखि जारी बैठकमा सदस्यहरू अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका समसामयिक राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए ।
अध्यक्ष प्रचण्डले जवाफ प्रस्तुत गरेपछि बैठक आजै सक्ने तयारी रहेको छ ।












