काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनबारे सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल चलिरहेको दाबी गरेका छन्। नवलपरासी पूर्वको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारको गतिविधिबाट कांग्रेस नेताहरू सन्तुष्ट नभएकाले छिट्टै सरकार परिवर्तन हुने संकेत आफूले पाएको बताए।
‘सरकारको कामकारबाहीबारे कांग्रेसका नेताहरूमा असन्तुष्टि छ। एमालेकै कतिपय नेताहरू पनि सन्तुष्ट छैनन्। त्यसकारण अब सरकार धेरै टिक्दैन,’ उनले भने। अनौपचारिक भेटमा कांग्रेस नेताहरूले सरकार परिवर्तनको कुरा गर्ने गरेको उनको भनाइ छ।