काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलबीच सहमति भएपछि संसदमा विधेयक आउँदा शान्ति प्रक्रियाले पूर्णता पाउने आशा जागेको बताएका छन्।
सरकारद्वारा बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक २०७९ माथि छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘शान्ति प्रक्रिया अभिन्न अंगका रुपमा यो बिधेयक आएको छ । यो प्रक्रियाले शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वास गर्न सकिन्छ,’ दाहालले भने, ‘राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको छ।’ परिवर्तनका उपलब्धि संस्थागत गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गरेको उनले बताए।
यद्यपि कार्यान्वयनको जटिलता भने अझै पनि हरेको अध्यक्ष दाहालले बताए। अध्यक्ष दाहालले शान्ति प्रक्रिया माओवादीले ०६१ सालबाट सुरु गरेको समेत दाबी गरे। ‘निर्वाचित सरकारलाई अपदस्त गरेर तत्कालीन राजा ज्ञानेन्द्रले शक्ति हत्याएपछि त्यसलाई शान्ति स्थापनाको अवसरका रुपमा उपयोग ग¥यौं,’ दाहालले भने।












