काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।
गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।
सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार पोखरेलले बढुवा सिफारिस गरिएको हो।
सूचना