काठमाडौं । काठमाडौंको मूलपानीमा लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
लुटपाटमा संलग्न १० जना पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन। उनीहरु सबै हाल प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। प्रहरीले लुटेराबाट कोही पीडित भए सम्पर्कमा आउन समेत अनुरोध गरेको छ ।












