काठमाडौं । प्रहरी प्रधान कार्यालयले स्वेच्छाचारी रूपमा गैरहाजिर भएका २२ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीहरूलाई हाजिर न भएमा सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिएको हो।
सूचनामा उल्लेख अनुसार, गैरहाजिर हुनेहरूमा १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्राविधिक प्रहरी सहायक हबल्दार, १६ जना प्रहरी जवान तथा २ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।
ती मध्ये प्रहरी सहायक निरीक्षक विवेक सायद, देवकी थापा र प्रकाश थारु जेठ महिनादेखि सम्पर्कविहीन छन् भने प्राविधिक प्रहरी सहायक हबल्दार नरकुमार ओजी वैशाख ३ गतेदेखि सम्पर्कमा छैनन्।
त्यस्तै, गैरहाजिर प्रहरी जवानहरूमा धन सिंह बुढा, गौतम कुमार पाचेमगर, अर्पण पोख्रेल, युवराज खड्का, सन्दिप विश्वकर्मा, विकास आचार्य, सुजन ओझा, अजित कुमार चौधरी, दिपेन तिवारी, दिलिप कुमार साह, सरोज थापामगर, धिरबहादुर रावत, विष्णु दर्लामी, लालु काफ्ले, दिपराज बुढा र विनोद साह रहेका छन्।
यसैगरी, प्रहरी कार्यालय सहयोगी कमलबहादुर माझी र मनबिर सिंह धामी पनि सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ।
सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनु होला। अन्यथा सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइनेछ।”
प्रहरी संगठनको अनुशासन र कार्यशैलीलाई मजबुत बनाउन गैरहाजिरीलाई सह्य नहुने सन्देश दिन यो कदम चालिएको मानिएको छ।

![२६३ प्रहरी कार्यालय सहयोगीको सरुवा [नामावलीसहित]](https://www.outlinekhabar.com/wp-content/uploads/2024/08/Nepal-police-750x375.jpg)











