Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतिकः प्रधानमन्त्री कार्की

भ्रष्टाचारविरुद्ध कारबाही अभियान सुरु भइसक्योः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत्लाई नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीकका रूपमा वर्णन गरेकी छन्।

नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत्को ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पारेकी हुन्।

Subisu

प्रधानमन्त्री कार्कीले भनिन्, “नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो। नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो। तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभई एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व पनि हुनुहुन्थ्यो।”

उनले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाप्रति श्रद्धा व्यक्त गर्दै समाज परिवर्तन र परोपकारका लागि उहाँको योगदान उदाहरणीय रहेको बताइन्।

कार्यक्रममा सम्बोधन गर्दै उनले आयोजकप्रति आभार व्यक्त गर्दै भनिन्, “मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाप्रति श्रद्धासुमन अर्पण गर्दछु।”

उनले नेपाल राष्ट्रलाई स्वतन्त्र र स्वाधीन बनाउन विभिन्न आन्दोलनमा ज्यान बलिदान गर्ने ज्ञात-अज्ञात सहिदहरूलाई पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्।

नेपाल संवत् ११४६ न्हूदँ समारोहमा प्रधानमन्त्री सुशीला कार्कीज्यूले दिनुभएको मन्तव्य

समारोहका सभाध्यक्ष महोदय,
मञ्चमा आसीन अतिथिज्यू, सम्मानित व्यक्तित्व
दाजुभाइ, दिदीबहिनीहरु,
कार्यक्रममा उपस्थित पत्रकार महानुभावहरु,
नेपाल संवतका शुभचिन्तक तथा सम्पूर्ण आत्मीय दिदीबहिनी तथा दाजुभाइहरूमा मेरो न्यानो अभिवादन१

नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको यस कार्यक्रममा
मलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेकोमा आयोजकलाई हार्दिक आभार व्यक्त गर्दछु। र नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
साथै नेपाल राष्ट्रलाई स्वतन्त्र र स्वाधीन बनाउन विभिन्न आन्दोलनमा ज्यान बलिदान दिनुभएका ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्दछु।
नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो।यसका प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो। तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो।

आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।

उहाँको यही सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप वि।सं। ९३६ मा नेपाल संवतको थालनी गरियो।

यसैको सम्मानमा उहाँलाई वि।सं। २०५६ मा राष्ट्रिय विभूति घोषणा गरियो। र, २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ। सरकारी कागजातमा नेपाल सम्वत् समेत उल्लेख गर्न थालिएको छ।

यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि यहाँहरुको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार छ।

नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको हो। नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्। तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो संवत्।

यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ।

उपस्थित जनसमुदाय,

२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु। आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ। यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ। यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ।

लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ।

यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु।

अन्त्यमा, आज सम्मानित व्यक्ति र संस्थालाई हार्दिक बधाई ज्ञापन गर्दै शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस्।

नयाँ वर्षले हामी सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थपोस्।

न्हूदया भिन्तुना।

५ कात्तिक २०८२
नेपाल सम्वत् ११४६ कछलाथ्व पारु।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host