काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ। बढुवा समितिले पौडेलसहित तीन सिनियर सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो।
सहसचिव पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन्। बढुवा समितिले उनीसहित शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरेको थियो।












