Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पारा भारोत्तोलन प्रतियोगिता: सुपर राई र रोशनी लामा प्रथम र उत्कृष्ट खेलाडी

पारा भारोत्तोलन प्रतियोगिता: सुपर राई र रोशनी लामा प्रथम र उत्कृष्ट खेलाडी

शर्मिला विश्वकर्मा

ललितपुर । खेलकुद सबै नागरिकहरूका लागि अति नै महत्त्वपूर्ण हुन्छ । त्यसैले अन्य नागरिकहरूका साथै विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले पनि विभिन्न खेलकुदहरू खेल्दै आएका छन् ।

Subisu

यसै क्रममा गत शुक्रबारदेखि आइतबारसम्म अर्थात् २५ गतेदेखि २७ गतेसम्म काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागले राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको सहकार्यमा २५ र २६ गते काठमाडौंको स्वयम्भूमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराएर नव खेलाडी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

२७ गते ललितपुरको हिमालयन फिटनेसमा अपाङ्गता भएका नवखेलाडीहरू बीचमा प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराएर सञ्चालन गरिएको पारा भारोत्तोलन नव खेलाडी प्रशिक्षण तथा प्रतियोगितामा नेपाल भारोत्तोलन संघका राष्ट्रिय प्रशिक्षक सञ्जय कुमार महर्जनले भारोत्तोलन खेल खेल्नका लागि स्वस्थ रहनका लागि मसल र पोषणका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

साथै उक्त ३ दिन सम्म अपाङ्गता भएका खेलाडीहरूलाई प्रशिक्षण दिँदै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताए । त्यसैगरी राष्ट्रिय पारा भारोत्तोलन खेलकुदसंघका महासचिव दुर्गामान तामाङले अपाङ्गता भएका खेलाडीहरूका लागि भारोत्तोलन खेलका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका नीति नियमहरूका बारेमा प्रस्तुतीकरण गर्दै प्रशिक्षक र प्रतियोगितामा रेफरीको भूमिका निर्वाह गरेका थिए ।

काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागको आयोजना र राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको सहकार्यमा २५ र २६ गते नव खेलाडीहरूलाई प्रशिक्षण र २७ गते गरिएको प्रतियोगितामा शारीरिक अपाङ्गता भएका महिला र पुरुष गरी ४० जना नव खेलाडीहरूको सहभागिता रहेको थियो । जसमा महिला र पुरुषतर्फ ६० के.जी भन्दा मुनी र माथिका खेलाडीहरू बिचमा प्रतियोगिता गरिएको थियो ।

यस प्रतियोगितामा महिला ६० केजी भन्दा मुनीको प्रतियोगितामा मेरुदण्ड पक्षघात अपाङ्गता भएकी महिला रोशनी लामाले प्रथम, शारीरिक अपाङ्गता भएका महिला हुमा गर दितिय र हिउकला साउदले तृतीय स्थान प्राप्त गर्न भयो भने महिलाहरूकै ६० के.जी भन्दा माथिको तौल अन्तर्गत होचा पुड्का अपाङ्गता भएकी महिला सङ्गीता लिम्बु प्रथम, मेरुदण्ड पक्षघात अपाङ्गता भएकी महिला सम्झना वन द्धितीय र भावना के.सी. तृतीय गरेकी छन् ।

६० के.जी भन्दा मुनीको तौल अन्तर्गत पुरुषतर्फ अनीश पुन प्रथम, गिरीराज थापा द्धितीय र गणेश चौधरीले तृतीय स्थान हासिल गर्न सफल भए । पुरुष तर्फकै ६० के.जी. भन्दा माथिको तौल अन्तर्गतको प्रतियोगितामा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरू सुपर राईले प्रथम, केश गुरुङले द्धितीय र हरिबहादुर वि.सी.तृतीय स्थान प्राप्त गर्न सफल भए ।

यस खेलकुद कार्यक्रममा काठमाडौं महानगरपालिका, सामाजिक समितिका सदस्य तथा खेलकुद प्रतियोगिताका प्रमुख अतिथि महेश नेपालीले खेलकुदको माध्यमबाट देशको नाम राख्न सकिने भन्दै अपाङ्गता भएका व्यक्तिहरूले पनि यो कार्य सफलता पूर्वक गर्न सक्ने बताए ।

साथै उनले खेलकुदमा अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमा उत्साह प्रदान गर्नका लागि र उनीहरूको खेलकुदको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

त्यसैगरी आयोजक संस्था काठमाडौं महानगरपालिका, विकास विभागकी अधिकृत भवानी कपालीले काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको र खेलकुदमार्फत पनि उनीहरूलाई अगाडि बढाउने उद्देश्यले यो पारा भारोत्तोलन खेलको प्रशिक्षण तथा प्रतियोगिताको आयोजना गरिएको बताए ।

साथै आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि आवश्यक सहयोग गर्नेमा पनि जोड दिए ।
कार्यक्रममा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघका अध्यक्ष टेक बहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरूले सन् २००८ देखि नै एसियन खेलकुदमा सहभागिता जनाउँदै आएको भन्दै अबका दिनमा पनि यो पारा भारोत्तोलन खेलको विकासको लागि, अपाङ्गता भएका व्यक्तिहरूको रुची अनुसार खेलकुदका कार्यक्रमहरूको आयोजना गरिने बताए ।

साथै उनले अब छिटै नै देश व्यापी रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पारा भारोत्तोलन खेल प्रतियोगिताको आयोजना गरिने र यस प्रतियोगिताबाट छनौट भएका अपाङ्गता खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने बताए ।
यसका साथै उनले अपाङ्गता भएका खेलाडीहरूको खेलकुदको विकासको लागि राज्य स्तरबाट आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए ।

पारा भारोत्तोलन प्रतियोगितामा मेरुदण्ड पक्षघात अपाङ्गता भएका खेलाडीहरूमा पुरुषतर्फ सुपर राई र महिलातर्फ रोशनी लामा उत्कृष्ट खेलाडी बन्न सफल भएकी थिइन् । विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host