काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शपथ लिएका छन् । उनले बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उपस्थित थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई मन्त्री नियुक्त गरेका थिए ।












