काठमाडौं । इजरायलद्वारा प्यालेस्टाइनमा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ। प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल संस्थाको सोमबार विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरुले मानवसंहार रोक्न माग गर्दै इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउनेक्रममा लाजिम्पाटमा प्रहरीले रोकेको छ।
रत्नपार्कबाट ज्ञापनपत्र बुझाउन र्यालीसहित गएका प्रदर्शनकारीलाई प्रहरीले अघि बढ्न नदिएपछि सडकमै बसेर विरोध जनाएका छन्। मानवअधिकार रक्षाको माग गर्दै प्रदर्शनकारी विभिन्न प्ले कार्डसहित धर्नामा बसेका थिए।












