काठमाडौं । करोडौं बराबरको अवैध रकम लुकाएको आरोपमा नेपाल प्रहरीले गोंगबुको एक घरमा छापा मारेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको सूचना पाएको प्रहरीले विशेय अप्रेशनका रुपमा छापा मारेको हो ।
प्रहरीका अनुसार विनोद श्रेष्ठको घरमा मंगलबार छापा मारिएकोमा चार करोड बढी रकम बरामद गरेको छ । साथै उक्त घरबाट केही परिमाणमा सुनसमेत बरामद भएको छ ।












