काठमाडौं । कालिमाटी तरकारी बजारमा एक भरिया मृत फेला परेका छन् । तरकारी बजारमा भरियाका रूपमा लामो समयदेखि काम गर्दै आएका रामकृष्ण दाहाल बिहान मृत फेला परेका थिए।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउकोमा रडको चोटजस्तो देखिएको उनले बताए।
तरकारी बजारका अन्य भरियासँग दाहालको विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको छ।












