काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान साढे तीन बजे गएको पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेको छ ।
पहिरोमा परेर बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनामा तीनजना यात्रु हाम फालेर बाँचेको चितवन प्रहरीले जनाएको छ ।
काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सबाट हाम फालेका तीन यात्रु भने सकुशल रहेको रहेको प्रहरीले जनाएको छ ।