काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक पूर्ण रुपले अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वर्षासँगै बुधबार साँझ घोप्टेभीर र जवाङखोलामा पहिरो खसेको हो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ्खोलामा गत सोमबार पनि सुक्खा पहिरो खसेको थियो। तर, बुधबार फेरी पहिरो खसेको हो। पहिरो खसेपछि पोखराबाट काठमाडौंका लागि छुटेका र काठमाडौंबाट छुटेका गाडी अलपत्र परेका छन् । मुग्लिन–नारायणगढ सडक भने पहिरोका कारण मंगलबारबाट ठप्प छ।












