काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। सरकारको कामकारबाहीको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापासहित नेताले आलोचना गरिरहेका बेला दुई नेताबीच आज मंगलबार बिहान ११ बजे बालुवाटारमा छलफल भएको हो।
छलफलमा सरकारका कामकारबाही तथा सत्तागठबन्धनको विषयबारे कुरा भएको नेताहरूले बताएका छन्। पछिल्लो साता सत्ता गठबन्धनलाई लिएर अनेक टिप्पणी भइरहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।