काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन्।
बिहान ग्रेट हल अफ पिपलमा प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता तथा सहमति-समझदारीपत्रहरूमा हस्ताक्षरपछि प्रधानमन्त्री ओली तियानमेनस्क्वायर निस्किएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको थियो। द्विपक्षीय भेटपछि ९ वटा दस्तावेजमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको छ।