काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म देशमा चुनाव हुन नसक्ने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले हाल देशमा चुनावको लागि अनुकूल अवस्था नभएको समेत उल्लेख गर्दै, त्यसैले विघटित संसद्को पुनर्स्थापनाको माग उठाएको बताए।












