काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन्। भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा बस्नुभएका ओली आजदेखि सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्। बालकोटस्थित उनको निवास जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेको थियो।
गुन्डुस्थित नयाँ निवासमा अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत र एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा सहितका नेताहरूले भेटघाट गरेका छन्।












