काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विषय सकारात्मक ढंगले अघि बढिरहेको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ भेटवार्ता भएपछि माओवादी उपमहासचिव वर्षमान पुनले टीआरसी सकारात्मक ढंगले अघि बढिरहेको बताए।
त्यस्तै टीआरसी टुंग्याउनका लागि बनाइएको आयोगका पदाधिकारीका विषयमा पनि छलफल भएको उनले बताए। सरकारले आह्वान गरेको आवेदकहरूको सूची सार्वजनिक भएपछि यो विषय विवादमा तानिएको छ। अहिले पीडित र सरोकारवालाले उक्त सूचीप्रति आपत्ति जनाउँदै दलका नेताहरूलाई ध्यानाकर्षण गराउँदै आएका छन्। सो विषयमा पनि छलफल भएको उपमहासचिव पुनले बताए।












