काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘चाँडै युद्ध अन्त्य हुने र तेलको ओसारपसारबारे दिएको बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ।
तेलको मूल्य ८८ डलरसम्म झरेको छ, जबकि त्यसको अघिल्लो दिन मात्रै मूल्य ११७ डलरसम्म पुगेको थियो।
ब्रेट क्रूड तेलको एक ब्यारेलको मूल्य ९३ डलरभन्दा बढी रहेको छ।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्-यदि इरानले हर्मुजको जलडमरू हुँदै तेलको प्रवाह रोक्न कुनै कदम चाल्यो भने, संयुक्त राज्य अमेरिकाले इरानमाथि पहिलेभन्दा २० गुणा बढी बल प्रयोग गर्नेछ।
विश्वको करिब २० प्रतिशत तेल यही मार्गबाट ढुवानी हुने गर्छ।
उनले अगाडि लेखेका छन्, ‘त्यसका अतिरिक्त हामी त्यस्ता लक्ष्यहरूलाई पनि निशाना बनाउनेछौँ जसलाई सजिलै ध्वस्त पार्न सकिन्छ। यसले इरानलाई फेरि राष्ट्रका रूपमा उभिन लगभग असम्भव बनाइदिनेछ। उनीहरूमाथि मृत्यु, आगो र विनाश वर्षिनेछ तर म आशा गर्छु र प्रार्थना गर्छु कि यस्तो नहोस्।’












