अष्ट्रेलिया । अष्ट्रेलियाको नर्दर्न टेरिटोरी (NT) मा बसोबास गर्ने नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, राज्य समन्वय परिषद् (SCC) को आगामी २०२५–२७ कार्यकालका लागि निर्वाचन आगामी २६ जुलाईमा हुने भएको छ।
निर्वाचनमा भाग लिनका लागि समुदायमै सक्रिय नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्। भवानी पौडेलको नेतृत्वमा तयार भएको टिमले विभिन्न पदमा उम्मेदवारी दिएको छ।
उम्मेदवारहरूको सूची
राज्य समन्वयक – भवानी पौडेल
सह-समन्वयक – रविन भुसाल
सचिव – आकाश बीसी
सह-सचिव – उद्धव खड्का
कोषाध्यक्ष – सन्दीप भुसाल
SCC सदस्यहरू – हेम पौडेल, जनक बहादुर सिंह
महिला समिति
महिला समन्वयक –सिर्जना भण्डारी
सह-महिला समन्वयक – प्रमिला खड्का
युवा समिति
युवा समन्वयक – अनुपम ढुङ्गाना
सह-युवा समन्वयक – निरन खड्का
युवा सदस्यहरू – मुकुन्द खरेल, रोशन पाठक, विशेष अर्याल, मनिक गुरागाईं
मुख्य एजेन्डा
राज्य समन्वयक पदका उम्मेदवार भवानी पौडेलले विभिन्न सामाजिक र सांस्कृतिक एजेन्डाहरू सार्वजनिक गरेका छन्। उनले परिवारमुखी खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना, अन्तरसांस्कृतिक आदानप्रदान, नेपाल महोत्सवलाई राज्य-मान्यता प्राप्त उत्सवमा रूपान्तरण, सामाजिक कल्याण समिति सशक्तिकरण, र अन्य संघसंस्थासँग सहकार्यलाई प्राथमिकता दिने बताए।
उक्त टिमले इमानदारी, पारदर्शिता र समुदायकेन्द्रित कार्यक्रममार्फत एनटीमा बसोबास गर्ने नेपाली समुदायलाई अझ सशक्त र एकताबद्ध बनाउने प्रतिबद्धता जनाएको छ।












