काठमाडाैं। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ।
राष्ट्र बैंकले २८ दिन अवधिको ‘निक्षेप संकलन उपकरण’मार्फत बुधबार उक्त रकम खिच्न लागेको हो। यसको बोलकबोल दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ।
यसको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने साँवा तथा ब्याज कात्तिक १८ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि ३० अर्ब रुपैयाँसम्म बोल पेश गर्न सकिनेछ।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। समान ब्याजदरमा माग बढी भएमा दामासाहीका आधारमा रकम बाँडफाँड हुनेछ।
निक्षेपलाई सीआरआरमा गणना गर्न पाइने छैन भने एसएलआर र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, भुक्तानी मितिअघि रकम फिर्ता गर्न पाइने छैन।












