काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख उद्देश्य र प्राथमिकताहरूलाई निरन्तरता दिँदै ठूलो नीतिगत परिवर्तन नगरेको स्पष्ट पारेको छ।
बैंकले जारी गरेको सूचना अनुसार ‘मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तगर्ततको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तरगतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतमा यथावत राखिएको छ ।’