Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

२२ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति(पूर्णपाठ)

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ३ महिनाको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति बढेको देखिएको हो ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०८१ असोज मसान्तमा रु.२२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ ।

Subisu

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८१-८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

गत तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७० अर्ब (२.६ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ ।

२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको थियो ।

२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ। २०८० असोज मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१२८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१०९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको छ ।

२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरूको २.४ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।

२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को सुरक्षणमा १३.४ प्रतिशत रहेको छ भनेघर जग्गा धितो सुरक्षणमा ६५.८ प्रतिशत रहेको छ। २०८० असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.० प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.८ प्रतिशतले घटेको छ ।

गत ३ महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले ३२ अर्ब १८ करोड रुपैयाँ लगेका छन् । यता साउन–असोजकै अवधिमा विदेश घुम्न जानेले ५५ अर्ब ७८ करोड खर्च गरेका छन् ।

राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भएको छ । ३ महिनामा तथ्यांक हेर्दा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा छ। अघिल्लो वर्ष यही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोडले घाटामा थियो ।

नेपालले विदेश गएर गर्ने खर्चको तुलनामा कम नै भए पनि पर्यटक आगमन बढ्दा भ्रमण आम्दानी ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ । गत वर्ष यस्तो आम्दानी १७ अर्ब १३ करोड रुपैयाँ थियो ।

पूर्णपाठ

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host