काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा मात्रै खेल हुँदै छ । आज लुम्बिनी लायन्स र काठमान्डू गोर्खाज्बीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
जारी एनपीएलमा लुम्बिनीले दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ भने काठमान्डूले तीन खेल खेलेको छ, जसमा एक खेल मात्रै जितेको छ ।
अंक तालिकामा भने काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका छन् ।












