Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

‘नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउँदै ट्राफिक प्रहरी

‘नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउँदै ट्राफिक प्रहरी

काठमाडौं । केहि दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले थप सक्रिए भएर सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाई गर्दै कारवाहिको साथै सचेतना जगाउने काम गर्दै आएको छ ।

Subisu

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामुलक गोष्ठी, कार्यक्रम, सचेतनामुलक पर्चा पम्प्लेट बितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरि हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमश: हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात अहिले ट्राफिक प्रहरीले कडाईका साथ कारवाहि समेत गर्दै आएको छ ।

सवारी तथा यातायात व्यबस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा वजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यबस्था छ ।

कानूनी व्यबस्था हुँदा हुँदै पनि कतिपय चालकहरुले लापरवाहि गरि वा ध्वनी प्रदुषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौं देखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ ।

अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदुषणलाई कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । काठमाडौं उपत्यकामा गुड्ने करिव १५ लाख सवारी साधनहरुबाट निस्किने धुवाँ सँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठुलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआजी बोहराले प्रष्ट्याए ।

कारवाहि सँगै हामीले चोक चोकमा प्ले कार्ड देखाएर चालकहरुलाई थप सचेत गराउने प्रयत्न भैरहेको छ यसले अनावश्यक हर्न बजाउने प्रबृत्तिमा कमी आउने र ध्वनी प्रदुषण नियन्त्रणमा आउने हाम्रो अपेक्षा छ, यसलाई थप कडाई गरिने प्रमुख बोहराले थप उल्लेख गरे ।

गत आ.व.०८०/८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ भने यस बर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारबाहि गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यहि कार्तिक १ गतेदेखि ट्राफिक प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै चोक जक्सनमा नो हर्न प्ले कार्ड सहित सचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको छ । त्यस यता ९६६ जना अनावश्यक हर्नको प्रयोग गरेको कसुरमा कारवाहि गरेको छ ।

सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागी ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागी हानिकारक मानिन्छ ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि ध्वनी प्रदुषण गर्ने गरेको छ ।

जथाभावी हर्न वजाउदा पैदलयात्री बिशेषगरि वालवालिका, जेष्ठ नागरिक, गर्भवती महिला, अशक्त बिरामीहरुको जनस्वास्थ्यमा बढि असर गर्ने बिषयलाई समेत ध्यान दिदै नियमित निग्रानी र कारवाहि गरिदै आएको ट्राफिक प्रहरीका प्रबक्ता डिएसपी रबिन कार्कीले बताए ।

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा पुन: हर्न बजाउने संख्या बढ्दै गए पछि ट्राफिक प्रहरीले कारवाहि अभियानलाई समेत बढोत्तरी गरेको छ । यसको साथै हामीले मुख्य चोकहरुमा ‘नो हर्न’ चिन्ह अंकित प्ले कार्ड सहित थप ट्राफिक प्रहरी खटाएर सचेतना जगाउने काम पनि सँग सँगै लागेका छौ, यसले अनावश्यक हर्न बजाउने प्रबृत्तिमा केहि हदसम्म नियन्त्रण हुने प्रबक्ता कार्कीले बिश्वास ब्यक्त गरे ।

दुर्घटना हुने जोखिम वा खतरा भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ति मोडहरु भएको स्थानहरुमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यस्ता जोखिमयुक्त  मोडहरुमा पनि बिपरीत तर्फबाट आउदै गरेका सवारी साधनलाई संकेत गर्ने गरि छोटो हर्न मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीको सुझाव छ ।

हर्न कम बजाउने संस्कारको बिकास गर्दै सभ्य र अनुशासित सडक बनाउन हामी सवै जिम्मेवार हुनु पर्छ । जथाभावी हर्न बजाउन जरुरी छैन भन्ने सन्देश प्रवाह गर्न चालकहरुले धैर्य भई अनावश्यक हर्न नबजाइकन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host