काठमाडौं । डा.निकोलस भुसाल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको हो।
भुसाललाई गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीमाथि सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भड्काउने काम गरेको आरोप छ।












