काठमाडौं। रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) गृहमन्त्री बन्न चाहन्थे। तर, सुधन गुरुङले बाजी मारे। अर्याल अब प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन्।
रास्वपा संसदीय दलको बिहीबारको बैठकले अर्याललाई सभामुखमा अघि सारेको हो। प्रतिनिधिसभामा पहिलो दल रहेको रास्वपासँग १८२ सिट छ, जुन दुईतिहाइभन्दा २ सिट मात्र कम हो।
संसद संसद सचिवालयले पनि बिहीबार नै सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका निकालेको छ। आइतबार सभामुखको निर्वाचन गर्ने तयारी छ।
सूचना अनुसार शुक्रबार प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् प्रस्तावको सूचना अर्थात् उम्मेदवारी दर्ता हुनेछ। उक्त उम्मेदवारी दर्ताको प्रस्ताव बिहान ११ बजेदेखि बजेदेखि दिउँसो २ बजेसम्म गरिसक्नुपर्नेछ।
शुक्रबार दिउँसो साढे २ बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। एकभन्दा बढी उम्मेदवारी परेमा चैत २२ गते निर्वाचन हुनेछ।












