Outline Khabar
सोमवार, जेष्ठ ४, २०८३
Monday, May 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, जेष्ठ ४, २०८३
Monday, May 18, 2026
                                                       
No Result
View All Result

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

काठमाडौं। सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो। सरकारको फ्रि भिसा फ्रि टिकटको नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रूपैयाँ तिरिसकेका थिए ।

तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले ३ लाख रूपैयाँभन्दा एक रूपैयाँ पनि कम लिन्नु भनेपछि उनी मलेसिया उड्न पाएनन्। रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । तर, ३ लाख रूपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन ।

Subisu

म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रूपैयाँ तिरे जेठ ३ गते उडाइदिने बतायो । त्यसपछि उनले पैसाको जोहो गरे । नाइट गाडी चढेर शनिबार बिहान काठमाडौं ओर्लिए ।

कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे । पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए ।

त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए। अजय रामजीकै निर्वाचन क्षेत्रका मतदाता हुन् ।

अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैं खटिए । केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगे । त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो । म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरूमा अजयसँग पैसा मागे । अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भयो । त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो ।

फ्रि भिसा फ्रि टिकेट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याइयो ।

ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य महत्त्वपूर्ण कागजात रहेको पाइयो । उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ ।

यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए । उनले सो म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए । मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपैयाँ मात्र भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको हो । म्यानपावरले सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको थियो । पीडित यादवले टिकट र अन्य प्रक्रियाका लागि भन्दै यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाए पनि बाँकी पैसा नबुझाएसम्म उनको राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले बन्धक बनाएको थियो ।

पक्राउ परेका एजेन्टले सुरुमा आफूले पैसा लिएर मात्र कागजात दिन लागेको दाबी गरे तापनि प्रहरीले ुफ्री भिसा फ्री टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागेकोरुु भन्दै प्रश्न गरेपछि उनी चुप बनेका थिए । प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरिएपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण : पूर्णबहादुर खड्का

विशेष महाधिवेशनकै कारण कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाइ नजिक पुग्यो : खड्का

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

ताजा समाचार

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण : पूर्णबहादुर खड्का

विशेष महाधिवेशनकै कारण कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाइ नजिक पुग्यो : खड्का

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host