काठमाडौं। इरानसँग सम्झौतामा सहमति हुन नसकेपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान् पाकिस्तानको राजधानी इस्लामावादबाट स्वदेश फर्किएका छन्। उनी ‘एयर फोर्स टू’ विमानमार्फत अमेरिका फर्किरहेका छन्।
इस्लामाबादबाट उडान भर्नुअघि जेडी भान्सले पत्रकार सम्मेलनमा करिब २१ घण्टा चलेको वार्तापछि पनि अमेरिका र इरानबीच कुनै सम्झौता हुन नसकेको बताएका थिए।
यस वार्ताबारे इरानको तर्फबाट पनि प्रतिक्रिया आएको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले अमेरिकासँग भइरहेको शान्ति वार्ताको अवस्थाबारे वक्तव्य जारी गरेका छन्।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा बकाएईले वार्तालाई ‘गहिरो’ भनेका छन्। तर यसको सफलता ‘विपक्षी’पक्षको गम्भीरता र सद्भावनामा निर्भर रहने’ बताएका छन्।












