Outline Khabar
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026
                                                       
No Result
View All Result

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका(३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव नियन्त्रण गर्दै सामाजिक सद्भाव कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति गरेको छ।

तर, शान्ति बहालीका उपाय खोज्न बसेको बैठकमै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीलाई हटाउनुपर्ने माग उठेपछि प्रशासनिक भूमिकामाथि समेत प्रश्न खडा भएको छ।

Subisu

आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा सुरु भएको विवाद हिंसात्मक बन्दा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन, गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई सहयोग गर्ने, सामाजिक सद्भाव कायम राख्ने र अफवाहबाट टाढा रहँदै सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय गरेको छ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार सबै राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाले आ–आफ्नो ठाउँबाट शान्ति र सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए।

तर, बैठकमा रास्वपा लगायत केही दलका प्रतिनिधिले प्रशासन र प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र जिल्ला प्रहरी प्रमुख एसपी केशव थेबेलाई तत्काल हटाउनुपर्ने माग गरेका थिए।

रास्वपा सुनसरीका सचिव राजाराम मेहताले निष्पक्ष छानबिन सुनिश्चित गर्न घटनाका बेला जिम्मेवारीमा रहेका सुरक्षा अधिकारीलाई हटाउनुपर्ने धारणा राखे। उनका अनुसार प्रशासन र प्रहरीको भूमिकाबारे गम्भीर प्रश्न उठेकाले छानबिन निष्पक्ष बनाउन यस्तो कदम आवश्यक छ। रास्वपाका अन्य केही नेताले पनि उक्त मागमा समर्थन जनाएका थिए।

कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाहले बैठकले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गर्ने निर्णय गरेको बताए।

कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु छ। सोमबार बिहान कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्ने, आगजनी र तोडफोड गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित नेपाली सेना परिचालन गरिएको थियो। स्थानीय प्रशासनका अनुसार सेनाको परिचालनपछि मात्रै स्थिति क्रमशः नियन्त्रणमा आउन थालेको हो।

गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिसकेको छ भने प्रशासनले सबै पक्षलाई संयमित रहन, कानुन हातमा नलिन र छानबिन प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

काम नगर्ने रुग्ण ठेक्का तोड्नु बाध्यता हो : मन्त्री घिसिङ

उद्योगीको अर्बौँ बक्यौता छाडेर सर्वसाधारणलाई भ्याट थोपर्ने? सरकारलाई कुलमानको प्रश्न

ताजा समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host