काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संरक्षक रेशम चौधरी (हाल नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक) लाई पक्राउ गर्न नक्कली पत्र बनाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट अदालतबाट दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको आइतबारको इजलासले विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो। फर्जी पत्रका कैद र जरिवानाका लागि भने अर्को सुनुवाई हुनेछ।
विष्टले जारी गरेको फर्जी पत्रका आधारमा गत वैशाखमा चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए।












