काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पुनः उच्च अंकले घट्दै २,५५९.५९ विन्दुमा झरेको छ। आज नेप्से ४५.३६ अंकले घटेर बन्द भएको हो।
यसअघि मंगलबार पनि नेप्से ५८.५५ अंकले घटेर २,६०४.९६ विन्दुमा अडिएको थियो। मंगलबारको तुलनामा बुधबार बजारमा कारोबार रकममा वृद्धि भएको देखिएको छ।
बुधबार ३३५ वटा स्क्रिप्सको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड २७ लाख १ हजार ११० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छैन। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, युनियन हाइड्रोपावरको २४ करोड, सिनर्जी पावर डेभलपमेन्टको २२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड र हिमालयन रिइन्स्योरेन्स कम्पनीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये १८ वटा स्टकको मूल्य बढ्दा २३२ वटाको घटेको र एक स्टकको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
तेह्रवटै समूहको उपसूचक नकारात्मक देखिएको छ। तीमध्ये होटल्स र फाइनान्स समूहको उपसूचक सर्वाधिक घटेको हो, जसमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
लगातार दुई दिनदेखि बजारमा आएको तीव्र गिरावटले लगानीकर्ताहरूमा चिन्ता बढाएको छ। विश्लेषकहरूका अनुसार बजार हाल मनोवैज्ञानिक दबाबमा चलिरहेको छ।












