काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २ हजार ६३३.७६ विन्दुमा बन्द भएको हो। आज १ करोड १९ लाख ४६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको शेयरमूल्य स्थिर छ । त्यस्तै, एसवाई प्यानल र न्यादी हाइड्रो पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ग्रिन भ्यानचर्सको भएको छ ।












