काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.९२ अंक घटेर २,५९५ बिन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ। कुल ३४५ कम्पनीका १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रह्यो। सो कम्पनीको १३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि बराही हाइड्रोपावर कम्पनीको ११ करोड ९० लाख र सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज सेयर मूल्य बढ्ने कम्पनीतर्फ एसवाई प्यानल अग्रस्थानमा रह्यो। उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै सिटिजन्स बैंक डिबेञ्चर २०८६ का इकाईधनीले ९.८३ प्रतिशत र नेपाल एसबिआई बैंकका लगानीकर्ताले ९.२१ प्रतिशतका दरले कमाएका छन्।
घट्ने कम्पनीतर्फ भने सिन्धु विकास बैंक सबैभन्दा अगाडि रह्यो। सो बैंकका लगानीकर्ताले आज १० प्रतिशतसम्म गुमाएका छन्।












