Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

नेपाली सञ्चारमाध्यमः चुनौती र अवसर

विनोद शर्मा

नेपाली सञ्चारमाध्यमः चुनौती र अवसर

विश्वव्यापी रुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरकृया तथा सार्वजनिक सेवा तथा सूचना प्रवाहमा आधारभूत परिवर्तन आएको छ । नेपालमा रेडियो तथा टेलिभिजन प्रसारणको पहुँच एवं विस्तार सुनिश्चित गर्न सूचना प्रविधिको उपयोग बढाउने काम भइरहेको छ ।

इन्टरनेटको विकाससँगै तीब्ररूपमा अगाडि बढेको प्रविधिलाई पछ्याउने प्रयास नगरिएमा त्यसको प्रत्यक्ष असर सञ्चार माध्यम र आममानिसमा पर्ने निश्चित छ । व्यक्ति र केही संस्थाको प्रयासले मात्र अब सूचना प्रविधिका क्षेत्रमा फड्को मार्न कठीन हुन्छ । अहिले नेपाल सरकारले मोबाइल फोन, सामुदायिक रेडियो, इन्टरनेट तथा अन्य सम्बन्धित सूचना तथा सञ्चार प्रविधि माध्यमहरुको नवीनतम प्रयोगलाई प्रवर्धन गर्ने रणनीति लिएको छ ।

Subisu

राष्ट्रिय जनगणना २०७८ अनुसार, ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये साधारण मोबाइल फोन हुने परिवारको संख्या ७३.२ प्रतिशत र स्मार्ट मोबाइल हुने परिवारको सङ्ख्या ७३ प्रतिशत देखिएको छ । यस्तै ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा उपलब्ध रहेको छ । जनगणनामा सञ्चार माध्यमको उपलब्धता र प्रयोगबारे समेत तथ्यांक संकलन गरिएको थियो । जसअनुसार, रेडियो ३४.२ प्रतिशत र ल्याण्डलाइन टेलिफोन ४.५ प्रतिशत परिवारमा रहेको पाइएको छ ।

प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा रहेका १५ लाख ६७ हजार ९ सय १७ परिवारमध्ये साधारण मोबाइलफोन हुने परिवारको संख्या ६८.२ प्रतिशत र स्मार्ट मोबाइल हुने परिवारको सङ्ख्या ८० प्रतिशत देखिएको छ । ६२ प्रतिशत परिवारमा टेलिभिजन, ५५.२ प्रतिशतमा इन्टरनेट सुविधा उपलब्ध रहेको देखाएको छ । रेडियो ३४.४ प्रतिशत र ल्याण्डलाइन टेलिफोन १०.१ प्रतिशत परिवारमा रहेको पाइएको छ ।

पत्रपत्रिका

सूचना तथा प्रसारण विभागका अनुसार, आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्ममा दैनिक ७ सय ६८, अर्धसाप्ताहिक ४०, साप्ताहिक २ हजार ९ सय ९१, पाक्षिक ४ सय ८८, मासिक २ हजार ३ सय ८७, द्धैमासिक ३ सय ९७, त्रैमासिक ६ सय ६३, चौमासिक ४३, अर्धवार्षिक ९५, वार्षिक एक सय र अन्य ३० गरी ८ हजार २ वटापत्रपत्रिका दर्ता भएका छन् । यसको झण्डै दुईतिहाई हिस्सा अर्थात ६६ दशमलव ४६ प्रतिशत पत्रपत्रिका बागमती प्रदेशमा दर्ता छन् ।

विभागमा दर्ता भएका ८ हजार २ पत्रपत्रिकामध्ये प्रेस काउन्सिल नेपालमा भने दैनिक ७ सय ४०, अर्धसाप्ताहिक ३१, साप्ताहिक २ हजार ९ सय ५, पाक्षिक ४ सय एक, मासिक ६ सय १२, द्धैमासिक ६१, त्रैमासिक एक सय ११ र अन्य ३८ गरी ४हजार ८ सय ९९ पत्रपत्रिका मात्रैको प्रकाशन अभिलेख देखिन्छ । जसमध्ये पनि बागमती प्रदेशमा सबैभन्दा बढी २ हजार ६ सय ९२ अर्थात् ५४ दशमलव ९५ प्रतिशत पत्रपत्रिकाको प्रकाशन अभिलेख छ । बागमतीमा दैनिक २ सय ४०, अर्धसाप्ताहिक ७, साप्ताहिक १ हजार ५ सय १५, पाक्षिक २ सय ६७, मासिक ५ सय १४, द्धैमासिक ४३, त्रैमासिक ७२ र अन्य (चौमासिक, अर्धवार्षिक र वार्षिक) ३४ छन् ।

टेलिभिजन

२०४१ सालमा परियोजनाको रुपमा स्थापना भएको नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन च्यानल हो । नेपाल टेलिभिजनले एकछत्र राज गरेको १६ वर्षपछि २०५८ असार १९ गतेदेखि स्पेसटाइम नेटवर्क प्रा.लि.ले च्यानल नेपाल टेलिभिजन सुरु ग¥यो । त्यसयता दुई दशकमा नेपालमा टेलिभिजनको क्षेत्र व्यापक भएको छ ।

२०८१ असार मसान्तसम्ममा सूचना तथा प्रसारण विभागमा २ सय ४६ वटा नेपाली स्थानीय तथा राष्ट्रिय टेलिभिजनले प्रसारण अनुमति लिएका छन् भने एक सय ४३ विदेशी च्यानलका लागि सिग्नल डाउनलिङ्क अनुमति पाएका छन् ।

रेडियो र एफएम

२००७ साल चैत २० गतेबाट नेपालमा नियमित कार्यक्रमहरु प्रसारण गर्ने रेडियो स्टेशनको रुपमा रेडियो नेपालको स्थापना भएको हो । रेडियो नेपालले नै २०५२ सालमा १०० मेगाहर्जबाट एफएम काठमाडौं प्रसारण सुरू गर्‍यो । २०५४ साल जेठ ९ गतेबाट नीजि क्षेत्रबाट सामुदायिक रेडियोकोरूपमा रेडियो सगरमाथाको प्रसारण सुरू भएसँगै एफएम रेडियो स्टेशनहरुको स्थापना र सञ्चालन भएको पाइन्छ । २ दशकको अवधिमा २०८१ असार मसान्तसम्ममा देशभर एक हजार एक सय ९३ वटा एफएम रेडियो स्टेशनले इजाजतपत्र लिएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालकाअनुसार देशभरका ३ सय ८१ सामुदायिक रेडियोसंघमा आवद्ध छन् । जसमध्ये संस्थामा बागमती प्रदेशमा १५ प्रतिशतअर्थात ५६ वटा रेडियो सदस्य छन् ।

अनलाइन पत्रकारिता

नेपालमा अनलाइन पत्रकारिता सुरु भएको साढे २ दशक, आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म सूचना तथा प्रसारण विभागमा ४ हजार ६ सय ३२ अनलाइन दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा मात्रै ५ सय ५६ वटा नयाँ अनलाइन दर्ता, एक हजार ४ सय ९२ नवीकरण भएका थिए । प्रेस काउन्सिल नेपालमा भने आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा ४ हजार ६ सय २२ वटा अनलाइन सूचीकरण भएका छन् । २०८१ पुस ७ गते सम्मको अभिलेख अनुसार ४ हजार ७ सय २२ वटा अनलाइन काउन्सिलमा सूचीकरण भएका छन् । जसमध्ये बागमती प्रदेशमा झण्डै दुई तिहाई ६२ दशमलव ५५ अर्थात् २ हजार ९ सय ५४, त्यसपछि लुम्बिनीमा ४ सय २४, कोशीमा ३ सय ६३, गण्डकीमा ३ सय १४, मधेशमा २ सय ८४, सुदुरपश्चिममा २ सय ८ र कर्णालीमा एक सय ७५ छन् ।

आर्थिक वर्ष २०८०/८१ माकाउन्सिलमा सूचीकरण भएका ५ सय ६५ अनलाइन सञ्चार माध्यममध्ये पनि बागमती प्रदेशमा २ सय ९८ रहेका छन् । हालसम्म सूचीकरणमा भएका अनलाइन सञ्चार माध्यममध्ये आर्थिक वर्ष २०८०/८१ मा बागमतीका ७ सय ५५ सहित देशभरका एक हजार २ सय १५ वटाले मात्रै सूचीकरण अद्यावधिक गराएका छन् ।

मिडियाको केन्द्र बागमती प्रदेश

सात प्रदेशमध्ये बागमती प्रदेश मिडियाको सबैभन्दा बढी बाहुल्य भएको प्रदेश हो । १३ जिल्ला रहेको बागमतीमा पनि सबैभन्दा बढी मिडिया काठमाडौंमा छन् । पछिल्लो एक दशकमा इन्टरनेट र मोबाइल प्रविधिमा आएको क्रान्तिका कारण आमसञ्चार माध्यममा नागरिकको पहुँच वृद्धि भएको छ ।

पत्रपत्रिका, रेडियो, एफएम रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमको सुरुवात पनि बागमती प्रदेशबाटै भएको देखिन्छ । बागमती प्रदेशका ५ हजार ३ सय १८ पत्रिकामध्ये पनि बाठमाडौंमा ४ हजार २ सय २० अर्थात् ७९ दशमलव ३५ प्रतिशत पत्रपत्रिका दर्ता भएका छन् । देशभरका पत्रपत्रिकाको तुलना गर्ने हो भने काठमाडौंमा मात्रै आधाभन्दा बढी ५२ दशमलव ७४ प्रतिशत पत्रपत्रिका दर्ता छन् । उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमामात्रै ४ हजार ७ सय २० अर्थात ८८ दशमलव ७६ प्रतिशत पत्रपत्रिका दर्ता भएका छन् ।

मिडिया उपयोगको अवस्था

नेपाल मिडिया सर्भे ५ हजार ५ सय ८२ नमुनाका आधारमा गरिएको सर्वेक्षणमा स्थानीय समाचारका लागि रेडियो सुन्नेहरुको संख्या सन् २०२० को तुलनामा ४४ प्रतिशतबाट घटेर २६ प्रतिशतमा पुगेको छ । स्थानीय समाचारका लागिपत्रपत्रिका पढ्नेहरुको सङ्ख्या सन् २०२० को तुलनामा ७ प्रतिशतबाट घटेर ३ प्रतिशतमा सीमित छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारको लागि पत्रपत्रिका पढ्नेहरूको सङ्ख्यापनि ८ प्रतिशतबाट घटेर ४ प्रतिशत पुगेको छ ।

टेलिभिजन हेर्नेहरुको सङ्ख्यापनि पछिल्ला वर्षहरुमा घट्दै गएको पाइएको छ । सन् २०२० को तुलनामा सन् २०२२ मा आइपुग्दा समाचारको प्राथमिक स्रोतको रुपमा टेलिभिजन हेर्नेहरुको सङ्ख्या ४७ प्रतिशतबाट घटेर ३१ प्रतिशत पुगेको छ । सूचनाप्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगमा बृद्धि आएको कारण पत्रपत्रिका, रेडियो तथा टेलिभिजन हेर्नेहरुको संख्या क्रमशः घट्दै गएको पाइएको छ । ९० प्रतिशतभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरु सामाजिक सञ्जालको पहुँचमा रहेको सर्भेले देखाउँछ । बागमतीमा यो सङ्ख्या ९७ प्रतिशत रहेको छ । ९३ प्रतिशतले फेसबुक, ९४ प्रतिशतले युट्युवतथा ६७ प्रतिशतले टिकटकबाट सूचना तथा जानकारीहरु लिने गरेको पाइएको छ ।

समाचारका लागि दैनिक इन्टरनेटको प्रयोग गर्नेहरु ५९ प्रतिशत, टेलिभिजन प्रयोग गर्ने ४० प्रतिशत, रेडियो प्रयोग गर्नेहरु ३८ प्रतिशत र पत्रपत्रिकाप्रयोग गर्नेहरु २४ प्रतिशत रहेको देखाएको छ । जसमध्ये बागमतीमा इन्टरनेट प्रयोग गर्नेहरु ७५ प्रतिशत, टेलिभिजन प्रयोग गर्नेहरु ४०, रेडियो प्रयोग गर्नेहरु ३६ र पत्रपत्रिकाप्रयोग गर्नेहरु २९ प्रतिशत रहेको पाइएको छ ।

अनलाइन समाचार पोर्टल हेर्नेहरु ३० प्रतिशतमात्रै रहेको देखाएको छ । जसमा पुरुष ३६ प्रतिशत र महिला २४ प्रतिशत छन् । बागमतीका ४२ प्रतिशत अनलाइन समाचार पोर्टलको पहुँचमा रहेको पाइएको छ ।

समाचारको भरपर्दो माध्यम

नेपाल मिडिया सर्भे, सन् २०२२ अनुसार अधिकांश उत्तरदाताले सामाजिक सञ्जालबाट भन्दा परम्परागत मिडियाबाट प्राप्त सूचना तथा जानकारी विश्वास योग्य रहेको बताएका छन् । रेडियोबाट प्रसारित सामग्रीमा धेरै विश्वास गर्ने ३१ प्रतिशत, टेलिभिजनमा विश्वास गर्ने ३२ प्रतिशत, पत्रपत्रिकामा विश्वास गर्ने ३० प्रतिशत, अनलाइन पोर्टलमा ८ प्रतिशत हुँदा सामाजिक सञ्जाललाई ५ प्रतिशतले विश्वास गर्ने पाइएको छ । बागमतीका ४१ प्रतिशतले रेडियो, ३४ प्रतिशतले टेलिभिजन, ४४ प्रतिशतले पत्रपत्रिका, २ प्रतिशतले सामाजिक सञ्जाल र ५ प्रतिशतले अनलाइन पोर्टललाई सूचना तथा समाचारको भरपर्दो स्रोत मान्दै आएको सर्वेक्षणले देखाएको छ ।

सार्वजनिक चासोका विषयमा आफ्नो विचारहरु राख्नका लागि परम्परागत मिडियाभन्दा सामाजिक सञ्जाललाई विश्वास गर्नेहरु झण्डै आधा अर्थात ४८ प्रतिशत छन् । रेडियोलाई विश्वास गर्नेहरु २८ प्रतिशत छन् भने टेलिभिजनलाई विश्वास गर्नेहरु २८ र पत्रपत्रिकालाई विश्वास गर्नेहरु २ प्रतिशत छन् । बागमतीमा रेडियोलाई विश्वास गर्नेहरु १७ प्रतिशत, ३४ प्रतिशतले टेलिभिजन, १२ प्रतिशतले अनलाइन समाचार पोर्टल भने ४० प्रतिशतले फेसबुक, २८ प्रतिशतले युट्युवलाई विश्वास गर्छन् ।

मिडिया नियमितताको स्थिति 

देशभर दर्ता भएका पत्रपत्रिकामध्ये निकै कम मात्र प्रकाशित छन् । प्रकाशितमध्ये पनि सबै पत्रपत्रिका नियमित छैनन् । काउन्सिलको अभिलेख अनुसार सूचीकरण भएका ४ हजार ८ सय ९९ मध्ये एक चौथाईभन्दा कम १८ दशमलव ७२ प्रतिशत अर्थात,९ सय १७ वटा पत्रिकामात्रै प्रकाशित छन् । जसमध्ये ७ सय ७९ नियमित र एकसय ३८ अनियमित छन् ।

बागमती प्रदेशमा दर्ता भएका २ हजार ६ सय ९२ पत्रपत्रिकामध्ये १३ दशमलव ९३ प्रतिशत अर्थात, ३ सय ७५ वटा पत्रिका मात्रै प्रकाशित छन् । जसमध्ये ३ सय ९ नियमित, ६६ अनियमित र २ हजार ३ सय १७ अप्रकाशित छन् । दैनिक पत्रिकामध्ये पनि ३६ पत्रिका नियमित र ९ अनियमित र अप्रकाशित १९५ छन् । अर्धसाप्ताहिक सबै ७ वटै अप्रकाशित छन् ।

साप्ताहिकमा एक सय ७३ नियमित, २२ अनियमित र एक हजार ३ सय २० अप्रकाशित, पाक्षिकमा १० नियमित, ३ अनियमित र २ सय ५४ अप्रकाशित, मासिकमा ७१ नियमित, २६ अनियमित र ४ सय १७ अप्रकाशित, द्धैमासिक ६ नियमित, ५ अनियमित र ३२-३२ अप्रकाशित, त्रैमासिक १२ नियमित, एक अनियमित र ५९ अप्रकाशित र अन्यमा एक नियमित र ३३ अप्रकाशित रहेको काउन्सिलले जनाएको छ ।

दर्ता भएका २ सय ४६ टेलिभिजनमध्ये देशभर झण्डै ७४ प्रतिशत अर्थात एक सय ८३ वटा टेलिभिजनमात्रै नियमित सञ्चालनमा रहेको सूचना तथा प्रसारण विभागको विवरणमा छ । विभागले आलेखकर्तालाई उपलब्ध गराएको टेलिभिजनको सूचीमा बागमतीका एक सय ८, लुम्बिनीका ३१, मधेशका १९, गण्डकीका १६, कोशीका ७ र कर्णालीका २ वटा टेलिभिजन नियमित सञ्चालनमा रहेको देखिन्छ ।
देशभर एक हजार एक सय ९३ वटा एफएम रेडियो स्टेशनले इजाजतपत्र लिएको भएपनि झण्डै दुई तिहाई अर्थात ७ सय ५० वटा एफएम रेडियो मात्रै नियमित प्रसारणमा रहेको विवरण सूचना तथा प्रसारण विभागले दिएको छ ।

जसमध्ये लुम्बिनीका एक सय ५१, मधेशका एक सय ३२, सुदुरपश्चिमका एकसय १६, गण्डकीका एक सय ९, बागमतीका एक सय २, कोशीका ९५ र कर्णालीका ४५ छन् । देशभर रहेका ३ सय ८१ सामुदायिक रेडियोमध्ये १५ दशमलव ७५ प्रतिशत अर्थात ६० वटा अनियमित वा बन्द हुने अवस्थामा रहेको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को तथ्याङ्क छ । बागमतीका ५६ मध्ये ९ वटा अर्थात १६ प्रतिशत सामुदायिक रेडियो बन्द हुने अवस्थामा छन । बागमती प्रदेशमा दर्ता भएका २ सय २ वटा रेडियोमध्ये ९३ प्रतिशत अर्थात एकसय ८८ वटा रेडियो मात्रै नियमित प्रसारणमा रहेको देखाएको थियो । ६ प्रतिशत अनियमित र एक प्रतिशत बन्द छन् ।

मिडियामा संकट किन ?

२०७२ सालको महाभूकम्प र कोरोना महामारीका कारण मिडिया अनियमित र बन्द हुन पुगेको विज्ञहरु बताउँछन् । विश्वव्यापी रुपमा फैलिएको कोभिडको मारमा सिङ्गो मुलुकप¥यो । त्यसको असर मिडिया क्षेत्रमा पनि प¥यो । तथ्यपरक सूचनाले जीवनबचाउन सक्ने र आमसञ्चार माध्यमले नागरिकलाई जनस्वास्थ्यका विषयमा उपलब्ध सही सूचना दिएर सुरक्षाका उपाय अपनाउन प्रोत्साहित गर्नुपर्ने बेलामा केही मिडिया बन्दगरिए ।

सामुदायिक रेडियोको सन्दर्भमा भने व्यवस्थापक तथा सञ्चालकहरु बीचको द्वन्द्वका कारण पनि बन्दहुने अवस्थामा पुगेको सामुदायिक रेडियो प्रसारक संघको विश्लेषण छ । यसका साथै रेडियोहरुको अत्याधिक चाप र सीमित बजारका कारण पनि सामुदायिक रेडियोहरु बन्दहुने जोखिममा रहेका छन् ।

परम्परागत मिडियालाई चुनौती

इन्टरनेटका माध्यमबाट प्रविधियुक्त पत्रकारिताको अभ्यास भइरहेको छ । पत्रकारितामा सूचनाप्रविधि आजको अनिवार्य आवश्यकता हो । सूचना प्रविधिले इन्टरनेटका माध्यमबाट सूचना, शिक्षा र मनोरञ्जन प्राप्त गर्ने नयाँ आधार खडा गरेको छ । हातमा भएको मोबाइलबाट हेर्न, सुन्न र पढ्न सकिने अवस्थामा पुर्‍याएको छ । सन् १९९० पछि इन्टरनेटका माध्यमबाट समाचार सम्प्रेषण हुनथालेपछि न्यु मिडियाको विकास भएको हो ।

फेसबुक, युट्यूब, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोगले न्यु मिडियाको लोकप्रियताह्वात्तै बढेको हो । सामाजिक सञ्जालको विकास र प्रयोगले न्यु मिडियाको लोकप्रियतामात्र बढेन, सूचनामा नागरिकको पहुँचमा पनि बृद्धि भएको छ ।

समाचारका लागि महिना, हप्ता, दिनवा केही घण्टा पर्खनुपर्ने बाध्यता समाप्त भएको छ । पाठक, दर्शक र श्रोताले तत्कालै सूचनाप्राप्त गर्ने अवस्था विकास भएको छ । पाठकले इन्टरनेटका माध्यमबाट तत्कालै आफ्नो चासो र प्रतिक्रिया मात्र व्यक्त गर्दैनन्, प्रकाशित समाचार सामग्रीमा तत्काल प्रतिक्रिया, आलोचना, समर्थन वा विरोध गर्न सक्ने अवस्था बनेको छ । परम्परागत मिडियामा यो सम्भावना न्यून हुन्छ । प्रतिक्रियाका लागि हप्तौँ कुर्नु पर्ने अवस्था हुन्थ्यो, र छ ।

अनलाइन र सामाजिक सञ्जाल सूचना आदानप्रदान, जानकारी र सिकाइको महत्वपूर्ण माध्यम हो । कोभिड महामारी र लकडाउन अवधिमा यसलाई नै प्लेटफर्म बनाएर विभिन्न सञ्जाल माध्यमहरुको प्रयोगले शिक्षण सिकाइ, छलफल, अन्तरक्रिया सहज बन्यो सकारात्मक पक्ष रह्यो । सँगैसँगै अस्वस्थ तवरले विकास हुँदै गइरहेको अनियन्त्रित सूचना प्रणाली र सामाजिक सञ्जालको अभ्यासले आमनागरिकलाई सत्य र सही सूचनाबाट वञ्चित तुल्याउने र नियोजित ढंगबाट भ्रमपूर्ण अभ्यासको माध्यम बनिरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जाल सूचनाका दृष्टिले मात्र होइन, आर्थिक दृष्टिकोणले पनि पत्रकारिताका लागि चुनौती बनेको छ । यो पत्रपत्रिका, रेडियो र टीभीका लागि त चुनौती छँदैछ, अनलाइन न्युजपोर्टलका लागि पनि खतरा सावित हुँदै गएको छ । आमसञ्चारका माध्यम सञ्चालन हुने मुख्य स्रोत विज्ञापन हो । तर, विज्ञापनको ठूलो हिस्सा सोझै सामाजिक सञ्जालमा गइरहेको छ । त्यसको प्रत्यक्ष असर अन्य सञ्चारमाध्यममा परेको छ ।

पत्रिका र रेडियो सञ्चालनमै समस्या भएको छ भने टेलिभिजनको अवस्था पनि त्योभन्दा फरक छैन । ठूला कम्पनीले टेलिभिजनका लागि दिने विज्ञापन सोझै सामाजिक सञ्जाल वा न्युजपोर्टलमा दिन थालेका छन् । टेलिभिजन सञ्चालनका लागि करोडौँ खर्च लाग्छ । तर, अनलाइन टीभी केही लाखमै सञ्चालन हुन सक्छ । सीप हुनेले एक्लै युट्यूब च्यानल चलाएर राम्रो आम्दानी गरेका छन् । टेलिभिजनका लागि युट्यूब च्यानलहरु खतरा बन्दै गएको छ ।

मिडियाको तथ्याङ्क कति अद्यावधिक ?

एकपटक पत्रिका दर्ता भएपछि दर्ता खारेजी नहुने विद्यमान कानुनी व्यवस्थाले गर्दा दर्ता संख्याको सूची लामो रहेता पनि प्रकाशनमा रहेकाको संख्या कम रहेको सूचना तथा प्रसारण विभागले जनाएको छ । पत्रपत्रिका दर्ताको क्रम दिनानुदिन बढ्दै गइरहेको भएता पनि नीतिगत व्यवस्थामा भएको त्रुटिका कारण त्यसको दिगो सञ्चालन तथा अभिलेख व्यवस्थापनमा कठिनाइ रहेको छ । पत्रपत्रिकाको दर्ता जिल्ला प्रशासन कार्यालयमा हुने तर त्यसको अभिलेख सूचना तथा प्रसारण विभागमा राखिने भएका कारण अभिलेखीकरण कार्य असहज भएको देखिन्छ ।

टेलिभिजन र एफएम रेडियोको इजाजत प्रदेश तथा स्थानीय सरकारबाट समेत प्रदान गरिने भएकोले एकीकृत तथ्यांक उपलब्ध गराउन कठिन भएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ । एउटै व्याण्डमा फरक फरक नाम गरेर एफएम रेडियो दर्ता तथा सञ्चालन हुँदा पनि एफएम रेडियोको सङ्ख्या धेरै देखिएको र त्यसलाई एकीकृत गर्दा सङ्ख्या केही कम हुने प्रवक्ताले जानकारी दिए ।

मिडियाका चुनौती

पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजन एक अर्काका परिपुरक हुन् की प्रतिस्पर्धी ? अहिले एक अर्कामा प्रभाव के कस्तो परिरहेको छ र भविष्यमा के हुन सक्छ ? विगतदेखि प्रभाव जमाउँदै आएको पत्रपत्रिकाको भविष्य के हुन्छ ? मल्टिमिडियाका कारण रेडियो टेलिभिजनको भविष्य कस्तो हुन्छ ? यी लगायतका मिडिया सम्बन्धी विषयहरु बहसमा छन् ।

आज पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्ता सूचनाका साधन परम्परागत मिडियामा रुपान्तरित भएका छन् । यिनले आफ्नो प्रभाव र पहुँच कायम राख्न न्यु मिडियाको सहारा नलिई नहुने अवस्थामा पुगेको छ ।

बागमती प्रदेशमा पनि दर्ता र इजाजत लिएका मिडियाहरु सञ्चालनमा चुनौती देखिन्छ । सञ्चालनमा आएका मिडियाहरुको निरन्तरतामा पनि प्रश्न उब्जिएका छन् । केही मिडयाले फड्को मारेको अवस्था रहे पनि कैयौं मिडिया आर्थिकरुपले सक्षम छैनन् । मिडियाको सङ्ख्याको तुलनामा विज्ञापन बजार विस्तार गर्नु पनि अर्को चुनौती देखिन्छ ।

समाधानका प्रयास

संघ, प्रदेश तथा स्थानीयतहमा मिडियाका कानुन बन्ने क्रममा छन् । समय सान्दर्भिक कानुन बनाएर सङ्घको मात्र होइन, प्रदेश र स्थानीयतहको मिडियाको विकास र प्रवर्धनका लागि सहयोग गर्ने, प्रादेशिक र स्थानीय चरित्र झल्काउने अवसर पनिसिर्जना भएको छ । स्थानीय, प्रादेशिक र सङ्घीय सरकारले आ–आफ्नो अधिकार क्षेत्रको दायराभित्र रहेर मिडिया कानुन बनाउन थालेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ बमोजिम स्थानीय कानुन बनाउने अधिकार प्रयोग गरी विभिन्न स्थानीयतहको गाउँ सभा तथा नगर सभाबाट एफएम रेडियो व्यवस्थापनतथा सञ्चालन कार्यविधि-ऐन पारित गरिएको हो । त्यस्तै विभिन्न प्रदेशले पनि मिडियासम्बन्धी कानुनहरु निर्माण गरेका छन् ।

सूचना तथा प्रसारण विभागले यस आ.व. २०८०/८१ मा आमसञ्चारलाई व्यवस्थित गर्न वाकीट्वाकी, एफएम तथा टेलिभिजन सञ्चालन निर्देशिकाको मस्यौदा तयार गरी सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पेश गरेको छ । त्यस्तै राष्ट्रिय प्रसारण ऐन २०४९ र छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ लाई समयानुकुल परिमार्जनका लागि विधेयकको मस्यौदा तयारीको क्रममा रहेको विभागले जनाएको छ ।

विभागले तयार गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको परिमार्जित प्रारम्भिक मस्यौदा तर्जुमाको क्रममा छ । प्रसारण सम्बन्धी नियमावलीमा समसामयिक संशोधनको प्रक्रिया शुरु गरेकोछ । प्रसारण संस्थाहरुको अनुगमनका लागि एकैपटक सबै प्रसारण संस्थाबाट भइरहेका श्रव्यदृश्य सामग्रीको प्रवाह र रेकर्ड गर्न Multiviewer Streaming and Recording System स्तरोन्नति गर्न स्रोतसहित आवश्यक तयारी भैरहेको पाइन्छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मिडिया सम्बन्धी तथ्यांकहरु एकीकृत तथा व्यवस्थित गर्नका लागि तीनै तहका सरकारका प्रतिनिधिहरु समावेश गरी समन्वय समिति गठन गरेको छ । उक्त समितिको बैठक बसेर तीनै तहका सरकारसँग भएको तथ्यांक संकलन तथा व्यवस्थापन गरी आगामी दिनको योजना तथा कार्यक्रम निर्माण र सञ्चालनको तयारी मन्त्रालयले गरेको छ ।

बागमतीको प्रयास

संघीयता घोषणासँगै मिडिया व्यवस्थापनका लागि मिडिया दर्ता तथा सञ्चालनको अनुमति दिने बागमती प्रदेश पहिलो हो । प्रदेश सरकारले यस प्रदेशका मिडिया व्यवस्थापन गर्न प्रदेश सञ्चार माध्यम व्यवस्थापन सम्बन्धी ऐन, २०७५ पारित गरेपछि र सञ्चार रजिष्ट्रार नियुक्तिपछि संविधानले दिएको अधिकार प्रयोग गर्दै बागमतीमा मिडिया दर्ता तथा सञ्चालन अनुमति प्रदान हुँदै आएको छ ।
बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्ममा ९८ वटा नयाँ एफएम रेडियो सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।

११ वटा २५० वाट, ७१ वटा ५०० वाट र १६ वटा १ हजार वाट क्षमताको एफएम रेडियोलाई प्रदेशबाटै प्रक्रिया सुरू गरी इजाजत दिइएको हो । यस्तै कार्यालयले ३८ वटा नयाँ केवल टेलिभिजन र २ सय ८५ वटा अनलाइन सञ्चार माध्यमलाई सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । बागमतीका विभिन्न स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २ वटा ३० वाट, ४ वटा ५० वाट र ८० वटा १०० वाट क्षमताको गरी ८६ वटा एफएम रेडियो सञ्चालनका लागि अनसुमति दिइसकेको सञ्चार रजिष्ट्रार कार्यालयको तथ्याङ्क छ ।

बागमती प्रदेश सरकारले आमसञ्चार तथा सूचना प्रविधि सर्भेक्षणको काम पनि सुरु गरेको छ । जसका लागि सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका आमसञ्चारका माध्यम तथा पत्रकारिताको अवस्थाका बारेमा अध्ययन गरेको थियो । बागमती प्रदेशमा मिडिया शीर्षकमा उक्त अध्ययनको विस्तृत विवरण सहितको पुस्तक बागमती प्रदेशमा मिडिया प्रकाशित छ ।

कस्तो मिडिया सामग्रीको खाँचो ?

नेपाल मिडिया सर्भे सन् २०२२ का अनुसार एक तिहाइले मात्रै नागरिकका समस्या र चासोका विषयलाई मिडियाले प्राथमिकतामा राख्ने गरेको बताएका छन् । ३९ प्रतिशतले स्रोता, दर्शक र मिडियाको रुची वा आवश्यकता अनुसारका सामग्री मिडियाबाट पढ्न, सुन्न र हेर्न पाएको प्रतिक्रिया दिएका छन् । बागमतीका ३८ प्रतिशतले मिडियाको कार्यसम्पादन औसत मात्रै रहेको बताए ।

बागमतीका १८ प्रतिशतले शैक्षिक गुणस्तर, १२ प्रतिशतले सडक तथा सार्वजनिक यातायात, १८ प्रतिशतले रोजगारीका अवसरहरु, ११ प्रतिशतले स्वास्थ्य सेवा र ११ प्रतिशतले नै महिला तथा बालबालिकाका समस्याका विषयका सामग्रीको अपेक्षा गरेका छन् ।

मिडिया दिगोपनाका लागि आवश्यक कार्यहरु

नेपालको मिडिया क्षेत्रमा चुनौती र अवसर दुवै छन् । गुणस्तरीयता, निरन्तरता, व्यवसायीकता र विश्वसनीयता मुख्य चुनौतीका रुपमा देखिन्छन् । गुणस्तरीय सामग्री, आकर्षक प्रस्तुती, आधुनिक प्रविधि, बजारीकरण, दक्ष जनशक्ति, व्यावसायिकता, स्पष्ट कार्ययोजना र त्यसलाई कार्यान्वयन गर्ने सक्षम र गतिशील नेतृत्वले अवसर सिर्जना गर्छ ।

मिडियाले आफूलाई जोगाउने वा बचाउने आधार भनेको खोजमूलक पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग नै हो । औपचारिक सामाचारका लागि पत्रकार र मिडियाको आवश्यकता पर्दैन । तर, खोजमूलक पत्रकारिताका लागि सीप, कला र दक्षता चाहिन्छ । पत्रकारिताको ज्ञान आवश्यक पर्ने हुन्छ । खोजमूलक पत्रकारिताका संलग्न पत्रकार र मिडिया सानो सङ्ख्यामा टिक्लान्, तर ठूलो संख्यामा पत्रकार र मिडिया टिक्न सक्ने सम्भावना न्यून छ । नेपालमा अहिले पनि पुरानो मिडियाको प्रभाव कायम छ ।

शिक्षा, चेतना र प्रविधिमा पहुँचको कमीले गर्दा पुरानो पुस्ताका कारण परम्परागत मिडियाको अस्तित्व कायम रहेको हो । नयाँ मिडियाले पूर्ण विकास गर्न नसकेको र पुरानो समाप्त नभएको अवस्थाले नेपाली मिडिया एक प्रकारको संक्रमणकालको अवस्थामा छ ।
आममानिस, नीतिनिर्माता र सार्वजनकि पदधारीहरूले प्रकाशित-प्रसारित समाचार, विचार र जानकारीहरूको प्रभाव वा आलोचनाहरुको दबाब महसुस गर्न छोडिसकेको चेत सञ्चार गृहहरूलाई भएको छैन । पुरानै शैली र दम्भ छ । प्छिल्लो प्रविधिमैत्री पुस्ताको रूची सञ्चार माध्यममा भन्दा सामाजिक सञ्जालमा आउने सूचना सामग्रीहरूप्रति छ ।

समाचारका प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा आउने अक्सर गलत, भ्रामक, छुद्र, प्रतिक्रियात्मक, अपरिष्कृत र अविश्वसनीय जानकारीहरूको बाढीमा बग्दै छन् । ‘फेकन्युज’ र वास्तविकता छुट्याउने धैर्य र चासो कमहुँदै गएको छ । लामाविश्लेषण र विचारहरूप्रतिको आकर्षण घटेको छ ।

सुझाव तथा निष्कर्ष

पत्रकारिताको क्षेत्रमा पर्याप्त अध्ययन अनुसन्धानको कमी रहेकाले त्यसका लागि आवश्यक संघ, प्रदेश र स्थानीय तहसम्म अध्ययन अनुसन्धानको दायरा विस्तार गर्नु उपयुक्त हुन्छ । पत्रकारिताका विधा÷संस्था (छापा माध्यम, बिद्युतीय सञ्चार माध्यम, अनलाइनआदि) सबैलाई समेटने गरी छुट्टै मिडिया नीति र ऐन बनाउनुपर्ने च) संघीय सरकार अन्तर्गतको प्रेस रजिष्ट्रार र प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रार बीचको कार्यक्षेत्र विभाजन नभएकोले कार्यक्षेत्रको अस्पष्टता हटाउनु पर्दछ ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मिडियाको दिगो विकासका लागि सरकारले केही नीतिगत व्यवस्थामा पनि परिमार्जन गर्नुपर्छ । स्थानीयस्तरको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई हुने गरी नीति बनाइनुपर्छ भने केन्द्रीयस्तरको मिडियालाई प्रवद्र्धन गर्ने गरी समानुपातिक विज्ञापन नीति कार्यान्वयनमा ल्याइनुपर्छ ।

यसैगरी सामाजिक सञ्जालको डिजिटल कन्टेन्ट उत्पादन तथा प्रसारणलाई उत्तरदायी किसिममा अगाडि बढ्न प्रेरित गर्नुपर्दछ । यसका साथै नयाँ तथा स्थानीय बजारको खोजी गरी आम्दानीको स्रोत बढाउन सञ्चार माध्यमका सञ्चालक तथा कर्मचारीको योगदान आवश्यक देखिन्छ ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host