काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा ईस्ट–एशिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। सुपर सिक्समा अहिलेसम्म अपराजित रहेका नेपाल र ओमान दुवै टोली विश्वकपको नजिक पुगेका छन्। आजको खेलको विजेताले प्रत्यक्ष रूपमा विश्वकपमा छनोट पाउनेछ।
हाल ३ खेलपछि ओमान र नेपालको समान ६ अंक रहेको छ। नेट रनरेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छन्। समान २ अंक भएका यूएई तेस्रो र जापान चौथो स्थानमा छन्। विश्वकप छनोटका लागि अहिले यूएई र जापानबीच प्रतिस्पर्धा जारी छ।
नेपालका खेलप्रेमीहरू आजको खेललाई लिएर उत्साहित छन्, जसले देशको क्रिकेटमा नयाँ सफलता थप्ने अवसर प्रदान गर्नेछ।












