काठमाडौं । अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिँदै आएका अनलाइन सेवाहरू नेपाल टेलिकम र एनसेलबाट निःशुल्क रूपमा प्रयोग गर्न सकिने भएको छ।
नेपाल प्रहरीका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा शून्य ब्यालेन्स भए पनि प्रहरीका डिजिटल सेवा वेबसाइटहरू निःशुल्क पहुँचयोग्य बनाइएको हो।
यस व्यवस्थापछि प्रयोगकर्ताले प्रहरीको वेबसाइटमार्फत सूचना, उजुरी दर्ता, सिफारिस, ईजर डाटा फर्म, चरित्र प्रमाणपत्र लगायतका अनलाइन सेवा सहजै र बिना शुल्क प्राप्त गर्न सक्नेछन्।
नेपाल प्रहरीले नागरिकको सुविधालाई ध्यानमा राखी यस्तो सेवा सुरु गरिएको जानकारी दिएको छ।
![२६३ प्रहरी कार्यालय सहयोगीको सरुवा [नामावलीसहित]](https://www.outlinekhabar.com/wp-content/uploads/2024/08/Nepal-police-750x375.jpg)











