काठमाडौं । जेठ १५ गते काठमाडौंमा राजावादीले फेरि प्रदर्शन गर्दैछन्। नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ सुरू गर्ने घोषणा गरेको छ।
यसै कार्यक्रमलक्षित नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जनधनको क्षति हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको एसएसपी शेखर खनालले बताए।