काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा आफू माथि लागेको भ्रष्टाचारको कुनै पनि आरोप बिना प्रमाण नकारेको स्पष्ट पारेका छन्। उनले भने, ‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु। बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन।’
अध्यक्ष नेपालले आफ्नो सम्पूर्ण कार्यकाल अनुशासन, नियम, र विधिको पालना गर्ने प्रतिबद्ध रहेको बताए। उनले भ्रष्टाचार सम्बन्धी प्रमाणसहित कसैले आरोप लगाएमा आफू कुनै पनि बलिदान दिन तयार रहेको पनि उल्लेख गरे।
नेपालले भने,’म अनुचित कुराको कहिल्यै पनि पक्षमा रहन्न। म सबैलाई समेटेर लैजाने सोच राख्ने मान्छे हुँ’ उनले जीवनमा चुनौतीको सामना गर्न हिम्मतका साथ अगाडि बढ्नुपर्नेमा पनि जोड दिए।












