काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको समूह चरणमा भुटानलाई २९८ रनले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
नेपालले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो। रौनक श्रीवास्तवले १६८ रनको शानदार पारी खेले। भुटान ३२.४ ओभरमै ६० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन शर्माले ४ विकेट लिए।
नेपाल अब बिहीबार हुने सेमिफाइनलमा समूह बी उपविजेता मलेसियासँग भिड्नेछ। हङकङ र सिंगापुरबीच अर्को सेमिफाइनल हुनेछ।फाइनल खेल जुलाई ५ मा हुनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता हो।












