काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी- २०आई श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्डसविरूद्ध बलिङ गर्दैछ।
नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन्। खेल कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ। आजको खेलबाट नेपालका लागि दुई खेलाडीले डेब्यू गर्दैछन्। एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गर्न लागेका हुन्।
एलिशा नेपालको यू-१९ विश्वकप टोलीमा थिइन् भने मनिषाले यसअघि यू-१९ टोलीबाट खेलेकी थिइन्। उनी भर्खरै सम्पन्न महिला पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडी समेत थिइन्।
श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन्। नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ। माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ।
फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ।
यस्तो छ नेपालको प्लेइङ ११:
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, विन्दु रावल, सम्झना खड्का, कविता कुँवर, कविता जोशी, मनिषा उपाध्याय र ईश्वरी विष्ट












