काठमाडौं । एसीसी यू- १९ महिला एसिया कपमा आज नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । नेपाली समयअनुसार नेपालले सुपर ४ मा श्रीलंकाको सामना गर्न लागेको हो ।
समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतसँगको दोस्रो खेल भने वर्षाका कारण प्रभावित बनेको थियो ।
श्रीलंकाले समूह चरणको खेलमा मलेसियालाई पराजित गरेको थियो भने बंगलादेशसँग पराजित भएको थियो । पाकिस्तानलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ ।












