काठमाडौं । नेपालमा हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार आगामी जनवरीमा हुने ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको हो।
छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, पिएनजी, नामिबिया र अमेरिका छन् । समूह ‘बी’ मा आयोजक नेपालसहित स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाब्वे र नेदरल्याण्ड्स छन् ।













